पहिरोमा पुरिएर ज्यान गुमाएका खेलाडीहरूका आफन्तले एन्फामा लगाए ताला

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोमा पुरिएर ज्यान गुमाएका खेलाडीहरूका आफन्तले एन्फामा लगाए ताला

काठमाडौं । मकवानपुरको सिस्नेरी घटनाका पीडित परिवारले न्यायको माग गर्दै अखिल नेपाल फुटबल संघमा एन्फा मुख्यालयमा तालाबन्दी गरेका छन् ।

पहिरोमा पुरिएर ज्यान गुमाएका किशोर खेलाडीहरूका आफन्तले आज एन्फामा तालाबन्दी गरेका हुन् । गत असोज १२ गते मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्य देबी एकेडेमीका ६ जना किशोर खेलाडीको पहिरोमा परेर निधन भएको थियो । 

सिस्नेरी घटनाका पीडित परिवारले न्यायको माग गर्दै अखिल नेपाल फुटबल संघमा एन्फा मुख्यालयमा तालाबन्दी लगाएका हुन् ।

घटनाको ५४ दिनसम्म पनि न्यायको माग गर्दा कुनै सुनुवाइ नभएको उनीहरुको आरोप छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.