काठमाडौं । नेपालका तीन बडीबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले १५औँ वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्टस् च्याम्पियन्सिप २०२४ मा रजत पदक जितेका छन् ।
विश्व बडीबिल्डङ एन्ड फिजिक स्पोर्टस् फेडरेसन्ससँगको सहकार्यमा बडीबिल्डिङ एसोसिएसन अफ मालदिभ्सद्वारा मालेमा आयोजित भएको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्षमाथि र रजनीले ५५ केजीमाथि दोस्रो स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा नेपालका ६ खेलाडीले सहभागिता जनाएका छन् । ललित धिमाल, रजित आचार्य र सनम मूलगुठीले आज प्रतिस्पर्धा गर्दै छन् ।