काठमाडौं । एटिपी फाइनलका साविक विजेता नाभोक जोकोविचले यो वर्षको फाइनलको लागि आफ्नो नाम फिर्ता लिएका छन् । उनले चोटको कारण आफ्नो नाम फिर्ता लिएको बताएका छन्।
२४ पटकका कीर्तिमानी ग्राण्डल्सम विजेता जोकोविचले आफ्नो नाम फिर्ता लिएसँगै नर्वेका क्यास्पर रुड, अस्ट्रेलियाका एलेक्स डि मिनुर र रशियाका आन्द्रे रुभलेभको लागि उपाधि जित्ने बाटो सहज भएको छ। यि तिन खेलाडी नै अन्तिम आठको लागि छनोट भएका छन्।
यो हप्ताको प्रतियोगितामा उनीहरुको नतिजा जस्तो भए पनि उनीहरु छनोट हुनेछन्। यता ३७ वर्षे स्टार खेलाडीले सामाजिक सञ्जालमा खेल्ने इच्छा हुँदाहुँदै यो र आउँदो हप्ता खेल्न नसक्ने प्रतिकृया दिएका हुन्।
उनले आफ्नो समर्थकसँग माफि माग्दै बाँकी खेलाडीलाई शुभकामना दिएका छन्। पेरिस ग्राण्ड मास्टरमा होल्गर रुनसँग पराजित डि मिनुरले पनि एटिपी फाइनलमा यसै सिजन डेब्यू गर्नेछन्। यो प्रतियोगितामा विश्व नम्बर वान यानिक सिनर, पूर्वविजेता एलेक्जेन्डर ज्वेरेभ, कार्लोल अल्काराज र ड्यानियल मेद्भेदेवको सहभागीता पक्का भइसकेको छ। अघिल्लो वर्ष जोकोभिचले सातौं उपाधि जितेका थिए ।