श्रीलंकन मूलका अमेरिकी क्रिकेटर मिलन्था जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
श्रीलंकन मूलका अमेरिकी क्रिकेटर मिलन्था जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

काठमाडौं । श्रीलंकन मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

जनकपुरले चौथो विदेशी खेलाडीको रुपमा विकेटकिपर ब्याटर मिलन्थालाई अनुबन्ध गरेको हो । ३० वर्षीय मिलन्थाले श्रीलंकाको घरेलु क्रिकेटसहित श्रीलंका ए बाट पनि खेलेका छन् ।

लुम्बिनी अलस्टार्स नेपाल टी-ट्वान्टी लिग खेलेका मिलन्थासँग नेपालमा खेलेको अनुभव समेत छ । उनले ४६ टी-ट्वान्टीमा १ हजार ८२ रन बनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प र अमेरिकाकै मोहम्मद मोहसिनलाई विदेशी खेलाडीको रुपमा अनुबन्धित गरिसकेको छ । जनकपुरले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement