साफ महिला च्याम्पियनसिपमा उपविजेता टिमका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिपमा उपविजेता टिमका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने

काठमाडौं । साफ महिला च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीलाई सरकारले जनही ३-३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । 

च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीलाई जनही ३ लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो । 

यस्तै, मुख्य प्रशिक्षकले २ लाख रुपैयाँ पाउनेछन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले १ लाख २० हजार रुपैयाँ पाउने घिसिङले जनाउनु भयो ।

साफ महिला च्याम्पियनसिपको सातौं संकरणको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै उपविजेता बनेको हो । साफ महिला च्याम्पियनसिप खेलेको राष्ट्रिय टिमलाई काठमाडौं महानगरपालिकाले समेत २५ लाख रुपैयाँसहित सम्मानित गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement