काठमाडौं । साफ महिला च्याम्पियनसिपको जारी फाइनल खेलमा नेपालले बराबरी गोल फर्काएको छ । खेलको ५६ औं मिनेटमा नेपालले गोल फर्काएको हो ।
५२ औं मिनेटमा बंगलादेशले अग्रता बनाएको थियो । कप्तान सविना खातुनको प्रहार सविता राना मगरले क्लियर गर्न नसक्दा मोनिका चक्माले गोलकिपर एन्जिला तुम्बाप्पो शुब्बालाई छक्काएर गोल गरिन् ।
इन्टेन्स खेलको ५६ औं मिनेटमा नै नेपाल गोल फर्काउन सफल भयो । प्रिति राईको पासमा अमृता जैशीले दोस्रो बारतर्फ गरेको प्रहार गोलकिपरले रोक्न सकिनन् । यससँगै खेल एक-एक गोलको बराबरीमा पुगेको हो ।