साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै

कार्तिक ११, २०८१ |सविना कार्की
साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह बी को विजेता र भारत समूह ए को उपविजेता बनेपछि यी दुई टोलीको भेट अन्तिम चारमा नै भएको हो । 

अहिलेसम्म भएका साफका ६ संस्करणमध्ये भारत र नेपालले समान पाँच-पाँच पटक फाइनल खेलेका छन् । तर नेपाल उपाधि नजिक पुगेर रोकिँदा भारतको नाममा सर्वाधिक ५ पटक च्याम्पियन बनेको कीर्तिमान छ ।

अघिल्लो पटक नेपालले भारतलाई सेमिफाइनलमै रोकेको थियो । के नेपाल लगातार दोस्रो पटक भारतको चुनौती पन्छाउन सफल होला ?

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।