हङकङ क्रिकेट सिक्सेस २०२४ को लागि नेपाली क्रिकेट टिमको घोषणा

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
हङकङ क्रिकेट सिक्सेस २०२४ को लागि नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं । हङकङ क्रिकेट सिक्सेस २०२४ को लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज सूचनामार्फत सात सदस्सीय नेपाली टिम सार्वजनिक गरेको हो ।

सन्दीप जोराको कप्तानीमा रहेको नेपाली टिममा लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतीश जिसी, दीपेन्द्र रावत र राशिद खान रहेका छन् । 

क्यानले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । सिक्सेसमा नेपालले इंग्ल्यान्डसँग कार्तिक १६ गते र अष्ट्रेलियासँग कार्तिककै १७ गते खेल्ने तालिका छ ।

हङकङ क्रिकेट सिक्सेस यो १९ औं संस्करण भए पनि नेपाल पहिला पटक प्रतियोगितामा सहभागी बन्न लागेको हो । प्रतियोगिताको फाइनल खेल कार्तिक १८ गते हुनेछ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.