एमालेलाई जग्गा दिने मीनबहादुरविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेलाई जग्गा दिने मीनबहादुरविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दान गरेका व्यवसायी मीनबहादुर गुरुङविरुद्ध रिट दर्ता गर्न आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङविरुद्धको रिट दरपिठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै रिट दर्ता गर्न आदेश गरेको हो । कात्तिक १ गते सर्वोच्च प्रशासनले दरपिठ गरेको रिटविरुद्ध अधिवक्ता ज्ञान बस्नेतले सर्वोच्चमा दिएको निवेदनको आज सुनुवाइ गर्दै अदालतले रिट दर्ता गर्न आदेश गरेको हो ।

भ्रष्टाचारमा दोषी ठहर भएका मीनबहादुर गुरुङबाट प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा दिन लिनु भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐन विपरीत भएको जिकिर रिटमा गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.