भिस्तारा एयरलायन्सको जहाजमा बम राखिएको हल्ला निराधार

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
भिस्तारा एयरलायन्सको जहाजमा बम राखिएको हल्ला निराधार

काठमाडौं । भारतबाट काठमाडौं आएको भिस्तारा एयरलायन्सको जहाजमा बम राखिएको हल्ला निराधार भएको सुरक्षा निकायले जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थलका प्रहरी वरिष्ठ उपरीक्षक डम्बर विकका अनुसार भारतबाट आएको भिस्तारा एयरको जहाजमा बम राखिएको हल्लापछि सुरक्षा जाँच गरिएको थियो ।

१ सय ४७ जना यात्रु र १० जना चालक दलका सदस्यसहित १ सय ५७ जना रहेको जहाजमा नेपाली सेना र नेपाल प्रहरीले संयुक्त जाँच गरेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीसहितले जहाजको सबै भाग र यात्रुको जाँच गरेको थियो ।

सबैको सुरक्षा जाँचपछि केही नभेटिएपछि यात्रुहरु गन्तव्यतर्फ गएको एसएसपी विकले जानकारी दिनुभयो । एक सातादेखि भारतीय विमानमा बम हल्लाले सुरक्षा चुनौति दिइरहेको छ । एक सातामा भारतीय जहाजमा बम राखिएको भन्दै १ सय ७० वटा सूचना आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.