स्पेनिस ला लिगा : यस सिजनमा लास पाल्मासको पहिलो जीत

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेनिस ला लिगा : यस सिजनमा लास पाल्मासको पहिलो जीत

काठमाडौं । स्पेनिस ला लिगामा लास पाल्मासले सिजनको पहिलो जीत हात पारेको छ ।

गएराती भएको खेलमा पाल्मासले दश खेलाडीमा समेटिएको भ्यालेन्सियालाइ तीन दुई गोलले पराजित गरेको छ ।

पाल्मास , घरेलु टोली विरुद्ध एक शुन्य गोलले पछि परेको स्थितीबाट खेलमा फर्किएको थियो । १४ औं मिनेटमा पेपेलुले पेनाल्टिमा गोल गरेपछि भ्यालेन्सियाले अग्रता लिएको थियो । तर ४३ औं मिनेटमा एलेक्स मुनोजले बराबरी गोल फर्काए । पहिलो हाफ एक-एकको बराबरीमा सकियो । ५३ औं मिनेटमा फाबियो सिल्भाले गोल गरेपछि पाल्मासले पुनरागमन गरेको हो ।

६९ औं मिनेटमा पापेलु ले रातो कार्ड पाएपछि भ्यालेन्सिया थप दबाबमा आएको थियो । ८४ औं मिनेटमा अल्बर्टो मोलेरोले भ्यालेन्सिया विरुद्ध तेस्रो गोल थपेका थिए ।

इन्जुरी समयमा सेसर टारेगाले गोल गरेपनि टिमको हार टार्न सकेनन् । पाल्मास १० खेलबाट ६ अंक जोड्दै १९ औं स्थानमा छ । पुछारमा रहेको भ्यालेन्सियाको पनि १० अंक नै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.