काठमाडौं । साफ महिला च्याम्पियनसिपमा अहिले नेपाल र माल्दिभ्स बीचको खेल भइरहेको छ । खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता बनाएको छ ।
खेलको छैटौं मिनेटमै अग्रता बनायो । सविता राना मगरको कनर बल नजिकै रहेकी प्रिति राईले पहिलो बारतर्फ गरेको प्रहार गोल भयो । उनको प्रहार माल्दिभ्सका दुई डिफेन्डर र गोकिपरले पनि बचाउन सकिनन्।
नवौं ११ औं मिनेटमा विमाला चौधरीको प्रहार बाहिरियो । १२ औं मिनेटमा पोस्टअघि बल पाए पनि रेखा पौडेलले फिनिसिङ टच दिन सकिनन्, १७ औं मिनेटमा विमलाको प्रहार गोलकिपरले बचाइन्।
खेलको २८ औं मिनेटमा माल्दिभ्सकी महिशा अब्दुलले बचाउमा गरेको प्रहार सरु लिम्बूले सवितालाई मिलाइदिएकी थिइन्। सोही बलमा सविताले लामो दुरीबाट गोल गरेकी हुन्।
त्यसको चार मिनेटमा नै नेपालले अर्को गोल थप्यो। यसपटक सविताकै पासमा रेखा पौडेलले गोल गरिन्। लगातार दबाब बनाएको नेपालले पहिलो हाफमा तीन मिनेट बाँकी रहँदा चौथो गोल गर्न सफल भयो। यसपटक पनि सविता र रेखाको जोडी गोलमा सफल भयो।