इङ्गलिस प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि नटिङ्गम फरेस्टको जित

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इङ्गलिस प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि नटिङ्गम फरेस्टको जित

काठमाडौं । इङ्गलिस प्रिमियर लिगमा नटिङ्गम फरेस्टले क्रिस्टल प्यालेसलाई १-० गोलले पराजित गरेको छ । नटिङ्गम फरेस्टले घरेलु मैदानमा सिजनको पहिलो जीत हात पारेको हो ।

द सिटी ग्राउन्डमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दुवै टोलीले पाएका मौकाको सदुपयोग गर्न सकेनन् ।

६५ औं मिनेटमा क्रिस उडले डेडलक तोडे । प्यालेसका गोलकिपर डिन हेन्डरसनको गल्तिको फाइदा उठाउँदै उडले गोल गरेका हुन् । यहि गोल फरेस्टको जीतमा निर्णायक बन्यो । उडको सिजनको यो पांचौ गोल हो । क्रिस्टल प्यालेस, जारी सिजनमा जीत विहिन छ । आठ खेलबाट मात्र तीन अंक जोडेको प्यालेस तालिकाको १८ औं स्थानमा छ ।

३१ वर्षको अवधिमा प्रिमियर लिगको सिजनमा प्यालेसको यो सबैभन्दा खराब सुरुवात हो। फरेस्ट आठ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.