नक्कली बिउबाट किसान ठगिने क्रम बढेपछि सरकारले ल्यायो नयाँ नियमावली

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नक्कली बिउबाट किसान ठगिने क्रम बढेपछि सरकारले ल्यायो नयाँ नियमावली

काठमाडौं । नक्कली बिउबाट किसान ठगिने क्रम बढेपछि सरकारले आयातकर्ता र उत्पादकलाई कडाइ गर्ने गरी नयाँ बिउबिजन नियमावली २०८१ ल्याएको छ ।

नक्कली बिउबाट किसान ठगिए आयातकर्ता र उत्पादकबाट क्षतिपूर्ति भराउने व्यवस्था राखेर नियमावलीमा ल्याइएको हो । विक्रेताले बिउ विक्री गर्दा आइपर्ने जोखिमको जिम्मासमेत लिनुपर्ने छ ।

नियमावलीमा प्रदेश तहमै स्थानीय रैथाने जातको दर्ता, संरक्षण र सम्वर्द्धनको व्यवस्था गरिनुका साथै निजी क्षेत्रलाई उत्पादन गर्न थप सहजीकरण गरिएको छ । पेटेन्ट राइटको संरक्षणलगायतका विषयमा नियमावली स्पष्ट नभए पनि भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा विज्ञहरुले जोड दिएका छन् ।

कृषि विभागका अनुसार नेपालमा वार्षिक ३ अर्बभन्दा धेरैको बिउ आयात भइरहेको छ । यसले स्वदेशमा हाइब्रिड जातका बिउका उत्पादनका लागि बाटो खोलेको सरकारी अधिकारीहरुको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.