फिफा विश्वकप छनोट २०२६ मा बोलिभियामाथि अर्जेन्टिनाको एकपक्षीय जित

बोलिभिया ६-० को फराकिलो अन्तरले पराजित
कप्तान मेसीको ह्याट्रिक
आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
फिफा विश्वकप छनोट २०२६ मा बोलिभियामाथि अर्जेन्टिनाको एकपक्षीय जित

काठमाडौं । कप्तान लियोनल मेसीले ह्याट्रिकसहित दुई असिस्ट गरेपछि अर्जेन्टिनाले फिफा विश्वकप छनोट २०२६ मा बोलिभियाविरुद्ध एक पक्षीय जित हात पारेको छ ।

विश्वव कप च्याम्पियन अर्जेन्टिनाले बोलिभियालाई ६-० को फराकिलो अन्तरले हराएको हो । विश्वकप छनोटमा अर्जेन्टिनाको यो सातौं जित हो । यससँगै मेसी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि १० अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । मेसीले १ सय १२ अन्तर्राष्ट्रिय गोलसमेत पूरा गरे ।

१९ औं मिनेटमा मेसीको गोलमार्फत अर्जेन्टिनाले सुरुवाती अग्रता बनायो । ४३ औं मिनेटमा लौटारो मार्टिनेजको गोलमार्फत् अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । पहिलो हाफको अतिरिक्त समयमा जुलियन अल्भारेजले अर्को गोल थपे । ६९ औं मिनेटमा वैकल्पिक खेलाडी थिअगो अल्माडाले गोल गरेपछि अर्जेटिनाले ४-० को अग्रता बनायो ।

मेसीले ८४ र ८६ औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ । १० खेलमा सात जित निकालेको अर्जेन्टिनाले २२ अंक जोडेको छ । समान खेलबाट १९ अंक जोडेको कोलम्बिया दोस्राो स्थानमा रह्यो । १२ अंक जोडेको बोलिभिया सातौं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.