फिफा विश्वकप अन्तर्गत एसियाली छनोटमा कतारमाथि इरानको जित

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
फिफा विश्वकप अन्तर्गत एसियाली छनोटमा कतारमाथि इरानको जित

काठमाडौं । फिफा विश्वकप अन्तर्गत एसियाली छनोटको तेस्रो चरणमा इरानले तेस्रो जित हात पारेको छ ।

गएराति भएको खेलमा कतारलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै इरान फिफा विश्वकप खेल्ने लक्ष्य नजिक पुगेको हो ।

एफसी एसियन कप २०२४ को विजेता कतारले भने यस खेलमा खराव प्रदर्शन गर्यो । इरानका लागि सरदार अजमोन र मोहम्मद मोहेब्बीले २-२ गोल गरे । अजमोनले ४२ औं र ४८ औं तथा मोहेब्बीले ६५ औं र रतिरिक्त समयको ८ औं मिनेटमा गोल गरेका थिए ।

हारले कतारलाई चार खेलबाट चार अंकमा छोडेको छ । कतार समूहको चौंथो स्थानमा छ । समूह ए को शीर्ष स्थानमा रहेको इरान र दोस्रो स्थानको उज्वेकिस्तानको समान १०-१० अंक छ । हाल यी दुई टोलीले ६ अंकको अग्रता सहित अटोमेटिक सेलेक्सनको शीर्ष २ स्थान ओगटेका छन् ।

कतार हालसम्म छनोट चरण पार गरेर विश्वकपमा छनोट भएको छैन । कतारले २०२२ मा आयोजकको रुपमा विश्व कप खेलेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.