सर्बियालाई हराउँदै स्पेन युएफा नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सर्बियालाई हराउँदै स्पेन युएफा नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सर्बियालाई हराउँदै स्पेन युएफा नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । युरोकप च्याप्पियन स्पेनले सर्बियाविरुद्ध ३-० को सहज जित हात पारेको हो । 

लुइस डे ला फुएन्टेको टोलीले कर्डोबामा सहज जित हात पारेपछि दुई खेल बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

स्विट्जरल्याण्डले डेनमार्कसाग २-२ को बराबरी खेलेपछि स्पेनले लिग ए समूह ४ को शीर्ष दुई स्थान हासिल गर्ने निश्चित भएको हो ।

अमेरिक लापोर्टेले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गरेपछि स्पेनले सुरुवाती अग्रता बनाएको हो । एलेक्स बेनाको क्रसमा मिकेल मेरिनोको हेडर गोलमा परिणत नहुँदा स्पेनले अग्रता बढाउने उत्कृष्ट मौका गुमायो ।

कप्तान अल्भारो मोराटाले ६५ मिनेटमा स्पेनका लागी दोस्रो गोल थपे । ७६ औं मिनेटमा माइकल ओयारजाबललाई खराव च्यालेञ्ज गरेपछि स्ट्राइन्जा पाभलोभिचलाई रातो कार्ड देखाइयो । त्यसुपछि खेलको अन्त्य तिर सर्बिया १० खेलाडीमा सिमित भयो । ७७ औं मिनेटमा एलेक्स बायनाले गोल गर्दै स्पेनलाई ३-० को सहज जित दिलाए ।

जितसंगै अपराजित टोलीका रुपमा नटकआउट चरणमा पुगेको स्पेनले ४ खेलमा १० अंक जोडेको छ । ऊ लिग ए समूह ४ को शीर्ष स्थानमा छ । पराजित सर्बिया ४ खेलमा ४ अंक सहित तेस्रो स्थानमा छ । डेनमार्क ७ अंक सहित दोस्रो र १ अंक जोडेको स्विट्जरल्याण्ड पुछारमा छ । अन्य खेलमा उत्तरी आएरल्यान्डलेबुल्गेरीयालाई ५-० र कोसोभोले साइप्रसलाई ३-० ले पराजित गर्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.