इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टी-२० विश्वकपको सेमिफाइनलमा

आश्विन ३०, २०८१ |खेल ब्युरो
इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज आईसीसी महिला टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।

यस हारसंगै इंग्ल्यान्ड रन रेटमा पछि पर्दै बाहिरियो । समुह बी बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका अघी बढे । यो सँगै महिला टी-२० विश्वकपको सेमिफाइनल समिकरण समेत पुरा भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा वेस्ट इन्डिजले टस जितर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । कप्तान हेदर नाइटले २१ रन र ड्यानियल व्याट होजले १६ रन जोडिन् । नेट स्काइभर-ब्रन्टले अविजित ५७ रनको इनिङ खेलिन् । वेस्ट इन्डिजका लागी अफी फ्लेचरले सर्वाधिक ३ विकेट लिइन् ।

जवाफमा वेष्ट इन्डिजले १ सय ४२ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । कप्तान हेली म्याथ्युज र कियाना जोसेफले अर्धशतक बनाए । हेलीले ३८ बलमा ५० रन बनाइन् । जोसेफले ३८ बलमा ५२ रनको इनिङ खेलीन् । इंग्ल्यान्डका लागि न्याट स्काइभर ब्रन्ट, सोफी एक्लेस्टोन र सारा ग्लेनले समान १-१ विकेट लिए ।

योसँगै इंग्ल्यान्डको सेमिफाइनल खेल्ने सपना चकनाचुर भएको छ । समूह बी मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजको ६-६ अंक छ । तर, राम्रो नेट रन रेटका कारण वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ए बाट अस्ट्रेलिया र न्युजिल्यान्ड पनि अन्तिम ४ मा प्रवेश गरिसेका छन् । पहिलो सेमिफाइनलमा बिहिबार अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्दा शुक्रबार दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिजले न्युजिल्यान्डको सामना गर्नेछ ।