युएफा नेसन्स लिगमा पोर्चुगल स्कटल्यान्डसँग बराबरीमा रोकियो

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
युएफा नेसन्स लिगमा पोर्चुगल स्कटल्यान्डसँग बराबरीमा रोकियो

काठमाडौं । युएफा नेसन्स लिगमा पोर्चुगलले स्कटल्यान्डसँग निराशाजनक बराबरी खेलेको छ । दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । 

हृयाम्पडेन पार्कमा रोनाल्डोले २ सय १६ औं अन्तर्राष्ट्रिय खेल खेलिरहँदा २ सयौं पटक स्टाट गरेका थिए । तर यो खेल उनका लागि केही निराशाजनक बन्न पुग्यो । रोनाल्डोले अक्टोबर २००३ मा अल्बानियाविरुद्ध पहिलो पटक सुरुवात गरेको २१ वर्ष चार दिनपछि यस खेलमा पोर्चुगलका लागि २०० औं पटक सुरुवात गरेका थिए । पोर्चुगललाई बराबरीमा रोकेर स्कटल्यान्डले २०२४-२५ नेसन्स लिगमा पहिलो अंक जोड्यो ।

पोर्चुगलले यस खेलमा कुल ७ सय १५ पटक पास गर्यो । जुन उनीहरुका लागी नेसन्स लिगमा हाल सम्मकै उच्चतम संख्या थियो । पोर्चुगलले गोलका लागि १४ पटक प्रयास गरेपनि सफल हुन सकेन ।

यससंगै लिग ए समूह एमा १० अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ । ४ खेलमा १ अंक जोडेको स्कटल्यान्ड पुछारमा छ । स्कटल्यान्ड अन्तिम १० खेलमा जितबिहिन छ । यस समूहको अर्को खेलमा पोल्यान्ड र क्रोसियाले ३-३ गोलको बराबरी खेले ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.