साफ महिला च्याम्पियनसिप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ मा सहभागी हुने सबै टिम नेपाल आइपुगेका छन्। अन्तिम टोलीका रुपमा भुटान आज बिहान काठमाडौं आइपुगेको हो ।

भुटानी टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहसहितका पदाधिकारीले स्वागत गरेका थिए ।

माल्दिभ्स, पाकिस्तान, बंगलादेश, श्रीलंका र भारत यसअघि नै काठमाडौं आईपुगेका थिए। भुटानले यसअघिका सबै संस्करणमा सहभागिता जनाए पनि उपलब्धि मुलक प्रदर्शन गर्न सकेको छैन ।

अघिल्लो पटक च्याम्पियनसिपको सेमिफाइनलसम्म पुगेको भुटानले अन्य संस्करणमा समूह चरणसमेत पार गर्न सकेको छैन । २०२२ को सेमिफाइनलमा भुटान- बंगलादेशसँग ८-० ले पराजित भएको थियो । भुटान सम्मिलित समूहमा आयोजक नेपालसहित श्रीलङ्का र माल्दिभ्स छन् ।

समूह बीमा भारत, बंगलादेश र पाकिस्तान छन् । भुटानले शुक्रबार नेपालसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.