बीपी राजमार्गमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन नपाइने

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीपी राजमार्गमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन नपाइने

काभ्रे । बीपी राजमार्गमा आजदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन नपाइने भएको छ । 

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो ।

उक्त राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको थियो । उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना भएकाले सवारी साधन चलाउन रोक लगाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.