पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा विश्वप्रकाश शर्माद्वारा प्रधानमन्त्रीको जवाफ माग

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा विश्वप्रकाश शर्माद्वारा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय निर्माणका लागि दान लिएको विषयमा सत्ता गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले समेत प्रश्न उठाएको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठूलो मूल्य बराबरको दान लिने निर्णयले एमालेमाथि मात्र होइन, नेपाली राजनीतिको प्रवृत्तिमाथिसमेत प्रश्न उठेको बताउनुभयो । यसका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।

कांग्रेसले आफ्नै कार्यकर्ताबाट प्राप्त सहयोगबाट कार्यालय निर्माण गरेको दाबी गर्दै महामन्त्री शर्माले राजनीतिक दलले आफ्नो कार्यालय आफ्नै बलमा बनाउनुपर्ने बताउनुभयो ।

विकास निर्माण तथा विपदबाट प्रभावितको पुनर्स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिनेमा एउटा पार्टीले आफ्नो कार्यालय बनाउन अर्बौंको सहयोग लिनु गलत भएको र यो आलोच्य विषय भएको उहाँको तर्क छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.