त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेपाल र ओमान भिड्दै

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडामा आज ओमानसँग टी-२० आई शृंखलाको आफ्नो अन्तिम खेल खेल्दैछ। नेपाली समय अनुसार खेल राति पौने १० बजे सुरु हुनेछ।

आजको खेलमा जित दर्ता गर्न सके नेपाल तालिकाको शीर्षस्थानमा पुग्नेछ । किङ सिटी मैदानमा जारी शृंखलामा नेपालले यसअघि ओमानलाई नै हराएको थियो भने क्याडासँगको दुवै खेलमा पराजित भएको थियो।

आज नेपाल दोस्रो जित दर्ता गरेर क्यानडा भ्रमणको सुखद् अन्त्य गर्ने लक्ष्यमा रहनेछ। नेपालले क्यानडा भ्रमणका दौरान खेलेका सात खेलमध्ये एकमा जित, र पााच हार ब्यहोरेको छ।

एउटा खेल भने वर्षाको कारण रद्द भएको थियो। नेपाली टिमले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुँदै आएको छ। २० ओभरको सिरिजमा एक खेल जिते पनि आईसीसी विश्वकप लिग-२ का सबै खेलमा नेपाल जितविहिन रहेको छ।

ओमान र नेपालबीच भएका पछिल्ला पाँच खेलमा नेपाल तीन पटक विजयी भएको छ। एउटा खेल ओमानले जितेको थियो भने अर्को खेल टाइ भएको थियो। क्यानडा भ्रमरणमा गुल्सन झा र सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरिरहेका छन्।

ओमानसँग कप्तान अकिब इलियाससँगै सोएब खान र कलिमुल्लाहले राम्रो प्रदर्शन गर्दै आइरहेका छन्। नेपालको लक्ष्य यि खेलाडीलाई सस्तैमा रोक्ने हुनेछ। आजको खेलमा पराजित भए नेपाल अंकतालिकाको पुछारमा रहनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement