काठमाडौं । एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी प्रो लिग क्लब अल हिलालले इराकको अल शोर्टालाई हराएको छ ।
रियादमा गएराति सम्पन्न खेलमा अल हिलाल ५-० गोलको पराकिलो अन्तरले विजयी भएको हो । पहिलो हाफमा दुई गोल गरेको साउदी प्रो लिग च्याम्पियन अल हिलालका लागी ११ औं मिनेटमा माइकल लियोनार्डोले गोल गरे । त्यसको चार मिनेटपछि एलेक्सान्डर मिट्रोभिकले ६ यार्ड को दुरीबाट हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफ सुरु भएको तीन मिनेट नबित्दै सलेम अल-दवसारीको गोलमार्फत अल हिलालले ३-० को अग्रता बनायो । ७३ औं मिनेटमा नासेर अल-दवसारी र अतिरिक्त समयको पाँचौं मिनेटमा मोहम्मद कानोले गोल गरेपछि अल हिलालले ५-० को फराकिलो जित हात पार्यो ।
जितपछि अल हिलाल २ खेलमा २ जितसहित ६ अंक जोडेर तालिकाको शीर्ष स्थामा पुगेको छ । समान खेलमा १ अंक जोडेको अल शोर्टा पुछारबाट दोस्रो स्थानमा छ ।