काठमाडौं । एभरेस्ट महिला भलिबलअन्तर्गत दोस्रो दिन कर्णाली यस्विजले गण्डकी थन्डर्सलाई ३-२ को सेटमा हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा कर्णालीले लगातार दोस्रो जित दर्ता गरेको हो ।
पहिलो सेटमापछि परेको अवस्थाबाट १४-१४ को कमब्याक गरेको गण्डकीले कर्णालीलाई २५-१५ ले हराएको थियो। लगातार लिड गरिरहेको समयमा कर्णालीका खेलाडीको कम्बिनेसन बिग्रिएपछि गण्डकी विजयी भयो। दोस्रो सेटमा १५-१२ ले पछि परेको कर्णालीले १८-१८ को बराबरी गरे पनि अन्तिममा पुन कमब्याक गर्दै २५-२२ को जित दर्ता गरेको थियो।
प्रतिस्पर्धात्मक तेस्रो सेटमा एक समय सरस्वती चौधरीको गण्डकी १३-१८ ले पछि परेको थियो। गण्डकीले कमब्याकको सबै प्रयास गरे पनि सुमित्रा रेग्मीको टिम कर्णाली २५-१७ को फराकिलो अन्तरले विजयी भयो।
गण्डकीलाई अनिवार्य जित आवश्यक रहेको चौथो सेट भने उसले १४-८ को अग्रता बनाएर २५-१९ ले जित्यो। कर्णालीले कमब्याकको सबै प्रयास गरे पनि पराजित भयो ।
यससँगै २-२ को बराबरी हुँदा खेल पाँचौ सेटमा धकेलिएको थियो। पाँचौं सेटमा भने लगातार अग्रता बनाउँदै कर्णाली १५-१२ ले विजयी भयो। यससँगै सुमित्रा रेग्मीको टोली लगातार दुई खेलमा विजयी भयो । सरस्वतीको टिम भने दोस्रो खेलमा पनि पराजित भएको छ।