नेपाली क्रिकेट टिमद्वारा क्यानडास्थित रिजेनेरेसन आउटरिच कम्युनिटीलाई ३ हजार डलर बराबरको खाद्यान्न वितरण

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली क्रिकेट टिमद्वारा क्यानडास्थित रिजेनेरेसन आउटरिच कम्युनिटीलाई ३ हजार डलर बराबरको खाद्यान्न वितरण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडाको ब्राम्टन, अन्टारियोमा रहेको रिजेनेरेसन आउटरिच कम्युनिटीलाई करिब ३ हजार डलर बराबरको खाद्यान्न वितरण गरेको छ ।

यस सहयोग अभियानमा टिमका सबै खेलाडी, प्रशिक्षक, तथा टिमका अन्य अधिकारीहरूको उपस्थितिमा नेपाली समुदायका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

खाद्यान्न वितरण कार्यलाई सफल बनाउन एनआरएनए क्यानाडा र लियाम फुड्स क्यानाडाको संयोजनमा स्थानीय व्यवसायी तथा व्यक्तिहरूले उल्लेखनीय आर्थिक सहयोग गरेका थिए ।

‘नेपाली टिमको यो कदमले खेलकुद क्षेत्रमा मात्र नभई सामाजिक जिम्मेवारीको क्षेत्रमा पनि उदाहरणीय भूमिका रहेको देखिन्छ । यसरी अन्तर्राष्ट्रियस्तरमा खेलिरहेका खेलाडीहरूले आफ्नो व्यस्त तालिकाबाट समय निकाल्दै सामाजिक उत्तरदायित्व पूरा गर्नु भएकोमा एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले भने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement