त्रिकोणत्मक टी-ट्वेन्टी आई सिरिजमा नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दै

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिकोणत्मक टी-ट्वेन्टी आई सिरिजमा नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । त्रिकोणत्मक टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज क्यानाडाको सामना गर्दै छ । किंग सिटी स्थित मप्ले लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति पौने १० सुरु हुने छ ।

यस सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजिमा रहँदा गएराति सम्पन्न खेलमा ओमानविरुद्ध ८ विकेटले पराजित घरेलु टोली पुनरागमन गर्ने योजनामा हुने छ ।

यस टी-२० आई सिरिजमा सहभागी ३ वटै टोलीले १-१ खेल हारेका छन् । पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुने छ ।

निरन्तरको हारको श्रृंखला अन्य गर्दै दोस्रो खेलमा नेपालले ओमानविरुद्ध ३७ रनको सहज जित हात पारेको थियो । यस खेलमा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले अल राउन्ड प्रदर्शन गरेका थिए । नेपाल र क्यानाडाबीच हालसम्म ३ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा क्यानाडाले २ र नेपालले १ खेल जितेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement