चोटका कारण स्वर्ण जित्न सकिएन : एरिका गुरुङ

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
चोटका कारण स्वर्ण जित्न सकिएन : एरिका गुरुङ

काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतहासिक पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताउनुभएको छ ।

ऐतिहासिक रजत पदकसहित मंगलबार स्वदेश फर्किनु भएकी एरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडाको चोटका कारण फाइनलमा समस्या भएको बताउनु भयो । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भएपनि विपक्षी धेरै राम्रो रहेको बताउनु भयो । फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै उहाँले आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । आगामी दिनमा यो भन्दा राम्रो नतिजा ल्याउने उहाँको विश्वास छ ।

मंगलबार त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका, उहाँका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीललाई स्वागत गर्नु भएको हो ।

नेपाल कराते महासंघ, नेपाल पुलिस क्लब र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे । सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गर्नु भएको थियो ।

उहाँले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताउनु भयो ।

एरिकाले चीनको हाङचोउमा सम्पन्न २० औं सिनियर एसियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जित्नु भएको थियो । त्यसअघि नेपालका कुनैपनि खेलाडीले यस अघि एसियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement