कोदोबारीमा भेटिएको हेन्डग्रिनेट नेपाली सेनाद्वारा डिस्पोज

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोदोबारीमा भेटिएको हेन्डग्रिनेट नेपाली सेनाद्वारा डिस्पोज

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ शिरिसेमा भेटिएको ह्यान्ड ग्रिनेट नेपाली सेनाले डिस्पोज गरेको छ ।

सदरमुकाम खाँदबारीमा रहेको नयाँ भैरवी दल गुल्मका सेनाले मंगलबार बम डिस्पोज गरेका हुन् । सोमबार बिहान मादी पिलुवा सडकखण्डबाट करिब २० मिटर मुनि रहेको भवानीप्रसाद दाहालको कोदोबारीमा बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जाकारी दिनु भयो ।

शंकास्पद वस्तु हेन्डग्रिनेट भएपछि घटनास्थल प्रहरीले घेरेर राखेको थियो । बम पुरानो भएकाले द्वन्द्वकालको हुनसक्ने अनुमान गरिएको छ । बम फेला परेको करिव ८ घन्टापछि डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement