सेयर बजार लगातार ओरालोमा, आज २५ सयभन्दा तल झर्यो नेप्से

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सेयर बजार लगातार ओरालोमा, आज २५ सयभन्दा तल झर्यो नेप्से

काठमाडौं । सेयरबजारमा लगातार गिरावट आएको छ । सोमबार ५९ अंकले घटेको सेयरबजार परिसूचक-नेप्से मंगलबार पनि ५८ दशमलव ९३ अंकले घटेको छ । नयाँ सरकार गठनपछि बढेको सेयरबजार अर्थतन्त्र चलायमानको थप काम हुन नसक्दा पछिल्लो समय घटिरहेको छ ।

गत साउन ३१ मा ३ हजार अंकसम्म पुगेको बजार त्यसयता ५ सय ३० अंकले घटिसकेको छ । बजार थप बढ्ने आशा नदेखेपछि नाफा बुक गर्नेहरु बजारमा हावी हुादा बजार मंगलबार नेप्से २४ सय ७० अंकमा ओर्लिएको छ ।

बजारमा कारोबार रकम पनि ५ अर्ब ६८ करोडमा खुम्चिएको छ । मंगलबार ३ सय ९ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर ७७ हजार २ सय ६४ पटक किनबेच भएको छ ।

सेयरबजारमा सबै परिसूचक घटेका छन् भने हिमालयन हाइड्रोपावर, नेपाल फाइनान्स र बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement