'भलिबलको विकासमा संस्थागत प्रयास कमजोर छ'

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
'भलिबलको विकासमा संस्थागत प्रयास कमजोर छ'

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै काभा वुमन्स भलिबल क्लब लिग च्याम्पियनसिप खेलेको पुलिस क्लबले पहिलो सहभागितामा नै उपाधि जित्न सफल भएपछि चौतर्फी प्रशंसा भइरहेको छ ।

नेपाल पुलिस क्लबले गत शनिबार भएको फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र नेपालका १-१ तथा माल्दिभ्सका दुई गरी ६ टोली सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको थियो ।

नेपाललाई स्वर्ण दिलाएको पुलिस क्लबकी कप्तान कमला पुन खेलाडीले व्यक्तिगत प्रयत्नमा मिहिनेत गरे पनि भलिबल विकासको संस्थागत प्रयास अझै कमजोर हरेको बताउनुहुन्छ । प्रत्येक जिल्लाहरूमा खेलिने खेल भए पनि यो खेल र खेलाडीहरुको स्तर माथि उठ्न नसकेको उहाँको भनाइ छ ।

विस्तृत कुराकानी भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement