स्पेनिस लालिगामा मल्लोर्कासँग रियाल बेटिस २-१ गोलले पराजित

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
 स्पेनिस लालिगामा मल्लोर्कासँग रियाल बेटिस २-१ गोलले पराजित

काठमाडौं । स्पेनिस लालिगामा रियाल बेटिसलाई २-१ ले पराजित गर्दै मल्लोर्काले ११ वर्षपछि पहिलो पटक एन्डालुसियामा जितको स्वाद चाखेको छ ।

एस्टाडियो बेनिटो भिल्ला मारिनमा घरेलु टोली रियाल बेटिसविरुद्ध मल्लोर्काले पुनरागमन जित हासिल गरेको हो । खेलको ७ औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै घरेलु टोलीआई अघि बढाएका थिए । गत हप्ता गेटाफेमाथि २-१ को जितमा बेटिसका लागी दुवै गोल गरेका सेल्सोले २५ मिटर बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

त्यसको एक मिनेटपछि ड्यानी रोड्रिग्वेजले बराबरी गोल फर्काए । क्यानाडाका स्ट्राइकर साइल लारिनको उत्कृष्ट नियन्त्रण र चतुर रिभर्स पासमा रोड्रिग्वेजले गोल गरेका हुन् । दोस्रो हाफमा दुबै पक्षले आक्रामक फुटबल खेले । तर मल्लोर्काले मात्र गोल गर्न सक्यो ।

स्टेज टाइमको तेस्रो मिनेटमा बेटिसका डिफेन्डरहरुले कर्नर किकलाई क्लियर गर्न नसक्दा भ्यालेरी फर्नान्डेजको सटले पोस्टको दिशा लियो । यस जितसंगै मल्लोर्का ७ खेलमा ११ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । ६ खेलमा ८ अंक जोडेको बेटिस ११ औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement