अल-नासरद्वारा अल-हाजेम २-१ गोल अन्तरले पराजित

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अल-नासरद्वारा अल-हाजेम २-१ गोल अन्तरले पराजित

काठमाडौं । किंग कप अफ च्याम्पियन्सको राउन्ड अफ ३२ मा साउदी प्रो लिग क्लब अल-नासरले दोस्रो श्रेणीको अल-हाजेमलाई पराजित गरेको छ ।

किंग अब्दुल्ला स्पोर्ट्स सिटीमा अल-नासरले अल-हाजेमविरुद्ध २-१ को संघर्षपूर्ण जित हासिल गरेको हो । मुख्य प्रशिक्षकको रूपमा स्टेफानो पियोलीललाई हारबाट जोगाउन खेलको अन्तिम समयमा नवाफ बु वासलले गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा सुल्तान अल घन्नामको क्रसमा साडियो मानेले गोल गर्दै डेडलक तोडे । ६२ औं मिनेटमा बासिल अल सायलीले गोल गरेपछि खेल १-१ को बराबरी अवस्थामा फर्कियो ।

तर अतिरिक्त समयको दोस्रो मिनेटमा नवाफ बु वासलले गोल गर्दै अल-नासरको जित सुनिश्चित गरे । यस खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डालाई आराम दिइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement