वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेकाले मौका परीक्षा दिने पाउने

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेकाले मौका परीक्षा दिने पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने भएको छ ।

त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले त्रिविअन्तर्गतका विभिन्न संकाय तथा अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीको हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो । यसैबीच त्रिविले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरेको पाइए परीक्षा रद्द गर्ने जनाएको छ ।

पछिल्लो समय स्वास्थ्योपचार र प्रविधिको विकासमा एआईको प्रयोग भइरहँदा शिक्षामा यसले पारेको प्रभावबारे बहस भइरहेको छ । एआईले विद्यार्थीको सिकाइलाई प्रत्यक्ष प्रभाव पारेको समेत विज्ञहरूले बताउँदै आएका छन् । 

एआई प्रयोग गरी लेखिएका विषयवस्तुलाई पहिचान तथा निगरानीमा राख्ने प्रणाली बनाए पनि प्रभावकारी भने हुन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement