बार्सिलोनाका गोलकिपर स्टेगेनको दाहिने घुँडाको शल्यक्रिया गर्नुपर्ने

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बार्सिलोनाका गोलकिपर स्टेगेनको दाहिने घुँडाको शल्यक्रिया गर्नुपर्ने

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका गोलकिपर मार्क-आन्द्रे टेर स्टेगेनको दाहिने घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

आइतबार लालिगामा भिल्लारियलविरुद्धको खेलमा घाइते भएका स्टेगेनको दाहिने घुँडाको पेटेला टेन्डन पूर्ण रूपमा च्यातिएको क्लबले जनाएको छ ।

जर्मनीका ३२ वर्षीय अन्तर्राष्ट्रिय खेलाडी स्टेगेन चोट ग्रस्त भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको थियो । हाफ टाइम भन्दा ठीक अघि स्टेगेनले बल नियन्त्रणमा लिने क्रममा जम्प गर्दा नराम्ररी ढलेका थिए ।

पछि उनलाई स्ट्रेचरमा पिचबाट बाहिर लगिएको थियो । उसले हालैका वर्षहरूमा दुई पटक घुँडाको शल्यक्रिया गरिसकेका छन् । तप अर्को शल्यक्रिया गर्नु परेपछि उनले बाँकी सिजन गुमाउन सक्ने स्पेनिस मिडियाले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement