काठमाडौं । पूर्व विश्व नम्बर एक राफेल नाडाललाई स्पेनको डेभिस कप खेल्ने आठ सदस्य अन्तिम टोलीमा सामेल गरिएको छ ।
स्पेनिस टोलीमा विश्व नम्बर तीन कार्लोस अल्काराज, रोबर्टो बाउटिस्टा अगुट, पाब्लो कारेनो बुस्टा र मार्सेल ग्रानोलर्स पनि समावेश हुनेछन् ।
३८ वर्षीय नाडालले पछिल्लो पटक पेरिस ओलम्पिकमा खेलेका थिए । जहाँ उनी दोस्रो चरणमा नोभाक जोकोभिचसँग पराजित भएका थिए ।
त्यसपछि उनले फिटनेसको चिन्ताका कारण यूएस ओपन र गत साताको लेभर कप गुमाउका थिए । नोभेम्बर १९ बाट सुरु हुने क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्ससँग खेल्नेछ