भक्तपुरमा डेंगी संक्रमण बढ्यो

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरमा डेंगी संक्रमण बढ्यो

भक्तपुर । भक्तपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमण उच्च दरमा बढेको छ । भक्तपुर अस्पताल आउने अधिकांश ज्वरोका बिरामीमा परिक्षणका क्रममा डेंगी संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । अस्पतालमा यो वर्ष मात्रै ३ सय ६४ जनामा डेंगी संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर सुमित्रा गौतमले जनाकारी दिनुभयो ।

भक्तपुरमा डेंगी सँगै टाइफाइड र स्क्रब टाइफसका बिरामीको संख्या पनि बढेको अस्पतालले जनाएको छ । भक्तपुर अस्पतालमा आउने डेंगीका बिरामीका लागि इमर्जेन्सी सेवाबाट नै २४ घण्टा उपचार सेवा र रगत परीक्षण गरिरहेको उहाँको भनाइ थियो । आजबाट डेंगी विषेश सेवा सुरु गरेको डाक्टर गौतमले बताउनुभयो । डेंगी संक्रमण भएका तीन जना आसीयू वार्डमा उपचार भइरहेको छ ।

डेंगी लाग्नबाट बच्न लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने पानी जम्मे ठाँउ सफा राख्नुपर्ने र संक्रमण भएमा नजिकैको स्वास्थ्य संस्थामा स्वास्थ जाँच गराउन चिकित्सकहरुको सुझाव छ ।

भक्तपुरमा डेंगी संक्रमण दरको यकिन तथ्यांक भने छैन । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा हालसम्म २ सय ६७ जनामा डेंगी संक्रमण भएको तथ्यांक छ । सबै स्वास्थ संस्थाले यकिन विवरण नटिपाउँदा र अधिकांश बिरामी निजी स्वास्थ्य संस्थामा उपचारका लागि जाँदा तथ्यांक राख्न कठिनाइ भएको स्वास्थ्य कार्यालयका पदाधिकारीहरुको भनाइ छ ।

जिल्लामा हालसम्म ६ सय जना डेंगी बिरामी हुन सक्ने कार्यालयको अनुमान छ । डेंगी नियन्त्रणका लागि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु विभिन्न स्थानीय तहमा गरिरहेको तथा लार्भा खोज्ने र नष्ट गर्ने अभियान समेत सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तर पनि भक्तपुरमा बाक्लो जनघनत्वका कारण उच्च दरका डेंगी फैलिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement