आईसीसी विश्वकप लिग-२ का लागि क्यानडा भ्रमणमा रहेको नेपाल अभ्यास खेलमा विजयी

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग-२ का लागि क्यानडा भ्रमणमा रहेको नेपाल अभ्यास खेलमा विजयी

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमान सम्मेलित त्रिकोणात्मक ओडीआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपालले एक मात्र अभ्यास खेलमा जित हासिल गरेको छ ।

नेपालले क्यानडा एचपी जगुआरलाई ६६ रनले पराजित गरेको हो । टस जितु पहिला ब्याटिङ गरेको नेपालले ४७ आभेर ५ बलमा सबै विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो । अभ्यास खेलमा नेपाली ब्याटरहरुले पुरै ५० ओभर खेल्न सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले ४१ रन बनाए । कप्तान रोहित पौडेल ३३ रनमा आउट भए । अनिल साह ४७ रनमा नटआउट रहे । क्यानडा एचपी जगुआरका जसकरण बुट्टर, इरफान सदात र शील पटेलले समान २-२ विकेट लिए ।

जवाफमा २ सय ४८ रनको लक्ष्य पछ्याएको क्यानडा एचपी जगुआरले ३९ ओभरमा अल आउट हुँदै १ सय ८० रन मात्र बनाउन सक्यो । उसका अजयविर सिंहले सर्वाधिक ५५ रन बनाए । नपालको जितमा ललित राजबैशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट हात पारे ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली क्यानडासहित ओमान र अमेरिका सम्मेलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ ।

तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । ओडीआई सिरिज सकिएको २ दिन पछि तीन वटै टोलीले त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने छन् । त्यसपछि नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.