काठमाडौं । एन्फा महिला लिगमा कोशी प्रदेशको जितको शृंखलामा पूर्णविराम लागेको छ। लिगका पहिलो तीन खेलमा लगातार जित दर्ता गरेको कोशी आज नेपाल पुलिस क्लबसँग ४-० ले पराजित भएको छ।
प्रतिस्पर्धात्मक खेलको २४ औं मिनेटमा अनुष्का शेर्पाको प्रहार गोलमा परिणत भएको थियो । त्यही गोलको सहयोगमा पुलिस पहिलो हाफका एक शून्यले अघि रह्यो।
दोस्रो हाफको पहिलो मिनेटमा नै कोशीको लागि निर्मला उपाध्यायले अग्रता दोब्बर बनाइन्। कोशीको सबै अवसरलाई निस्तेज पारेको पुलिसले ७९ औं मिनेटमा तेस्रो गोल गर्यो।
यसपटक सम्झना लावती गोलमा सफल भइन्। निर्धारित समयको दुई मिनेट मात्र बाँकी रहँदा डिफेन्डर अमृता जैशीले गोल गरेपछि भने पुलिसले खेलमा फराकिलो जित दर्ता गर्न सफल भएको हो। आजको जितसँगै चार खेलबाट १० अंक बनाएको पुलिस तालिकाको शीर्षस्थानमा छ।
लिगमा पुलिस अपराजित छ। उसले तीन खेलमा जित र एक खेल बराबरी गरेको छ । कोशीले भने चारमध्ये तीन खेल जितेको छ भने एक हार ब्यहोरेर दोस्रो स्थानमा छ । लिगमा एपिएफको सात र आर्मीको ६ अंक छ। अहिले भइरहेको खेलमा कर्णाली प्रदेशले संकटा क्लबको सामना गरिरहेको छ ।