क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज कान्तिपुर म्याक्समा हेर्न सकिने

भाद्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज कान्तिपुर म्याक्समा हेर्न सकिने

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने भएको छ ।

नेपालसहित घरेलु टोली क्यानडा र ओमान सम्मिलित उक्त सिरिज कान्तिपुर म्याक्स, कान्तिपुर टेलिभिजनको मोबाइल एप्लीकेसन र त्यसका डिजिटल प्ल्याटफर्ममार्फत प्रशारण गरिने छ ।

क्रिकेटसहित नेपालले सहभागिता जनाउँदै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदलाई आमदर्शक माँझ पुर्‍याउन कान्तिपुरले यसअघि पनि विभिन्न खेलकुदको प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

क्यानडा भ्रमणमा क्रममा नेपालले पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

ओडिआई सिरिज सकिएको २ दिनपछि तीन वटै टोलीले त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने छन् । त्यसपछि नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement