लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब बन्यो च्याम्पियन

एपीएफ ३-२ को सेटमा पराजित
सन्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित
भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब बन्यो च्याम्पियन

पोखरा । लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । हिजो दिनको प्रकाश समाप्त भएपछि पहिलो सेटपछिको खेल आजलाई स्थगित गरिएको थियो ।

हिजै भएको पहिलो सेटमा पुलिस २६-१६ ले विजयी भएको थियो । त्यसपछि आज विहान भएको खेलमा दोस्रो सेटमा पुलिसले जितको लय कायम राख्न सकेन । यसपटक एपीएफ २१-२५ ले विजयी भयो । खेलमा कमब्याक गरेको पुलिसले तेस्रो सेट २५-१९ ले जितेको भए पनि चौथो सेटमा फेरी एपीएफ हाबी भयो ।

चौथो सेटमा एपीएफले २२-२५ को जित दर्ता गर्‍यो । २-२ को बराबरी भएपछि पाँचौ सेटमा पुगेको खेलमा पुलिसले १६-१४ को जित दर्ता गर्‍यो र उपाधि जित्यो । हिजो भएको महिलातर्फको फाइनलमा एपीएफले न्यू-डायमन्डलाई हराएर उपाधि जितेको थयो । विजेता पुलिसले एक लाख ५० हजार र उपविजेता एपीएफले एक लाख पुरस्कार जितेको छ ।

पुरुषतर्फ पुलिसका सन्जुविक्रम शाह र महिलातर्फ एपीएफकी पूजा चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनीहरुले जनही १० हजार पुरस्कार पाए । पुरुषतर्फको व्यक्तिगत अवार्डमा पनि पुलिस हावी रह्यो । महिलातर्फ एपीएफका तीन खेलाडी विधागत रुपमा उत्कृष्ट बन्दा न्यू-डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र सलिना बुढामगर उत्कृष्ट स्पाइकर बनिन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement