काभा माहिला भलिबल क्लब च्याम्पियनसिप : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा माहिला भलिबल क्लब च्याम्पियनसिप : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौं । नेपाल पुलिस क्लबले काभा माहिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ ।

माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले आज श्रीलङ्कन एयर फोर्सलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट देखिनै पुलिसले, एयर फोर्स माथि दबाब बनाएको थियो । सरस्वती चौधरी सम्मिलित पुलिसले २५- १६ को सहज जित हात पार्दै उत्कृष्ट सुरुवात गर्यो । दोस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । एयर फोर्सले एक समय १२-१० अंकको अग्रता बनाएको थियो । तर पुलिसले खेलमा फर्कन समय लगाएन । १६-१६ अंकको बराबरीमा पुगेपछि खेल रोमान्चक बनिरहेको थियो ।

अन्त्यमा पुलिसले लगातार अंक जोड्दै २५-२० ले एयर फोर्सलाई पराजित गर्यो । तेस्रो सेटमा एयर फोर्सले आफ्नो अग्रता जोगाउन नसक्दा पुलिसले उत्कृष्ट पुनरागमन गरेको थियो । २१-२१ अंकको बराबरीबाट पुलिसले २५-२१ ले खेल आफ्नो पक्षमा पारेको हो । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई सोझो सेटमै हराएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement