नेपाल र क्यानडाबीचको खेल निर्धारित समय भन्दा एक घण्टा ढिला हुने

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र क्यानडाबीचको खेल निर्धारित समय भन्दा एक घण्टा ढिला हुने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल र क्यानडाबीचको खेल निर्धारित समयभन्दा एक घण्टापछि धकेलिएको छ । नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने भनिएको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने भएको हो । खेल किङ्ग सिटीमा हुने छ ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग-टु कै ओडीआई खेलमा ८ विकेटले पराजित भएपछि आज नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । लिग- २ को पहिलो सिरिजमै घरेलु मैदानमा खराव प्रदर्शन गरेको नेपाललाई कमजोरी दोहोर्‍याउने कुनै छुट हुने छैन ।

फेब्रुअरी अन्तिम साता घरेलु सिरिजमा ४ मध्ये ३ खेल गुमाएको नेपाललाई यस पटक भने त्यो गल्ती दोहार्याउने छुट हुने छैन । लिग -२ को तालिकामा नेपाल २ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ । टी-२० विश्वकपपछि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालले यसै सिरिजका लागि भारतको बेंगलुरुस्थित नेशनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेको थियो । त्यसपछि थप तयारीका लागि श्रीलंका पुगेको नेपालले श्रीलंका डेभलप्मेन्टसँग तीन अभ्यास खेल खेल्ने तालिका थियो । तर वर्षाका कारण सुरुवाती दुई खेल हुन नसक्दा तेस्रो खेलमा नेपाल पराजित भएको थियो । प्रशिक्षक मोन्टी देशाइले टिमको विदाइमा नेपालको तयारी राम्रो रहेको भन्दै राम्रो नतिजा हात पार्ने विश्वास व्यक्त गरेका थिए । नेपाल र क्यानडाले हालसम्म एक अर्का विरुद्ध ३ ओडीआई खेलेका छन् । जसमा नेपालले शतप्रतिशत नतिजा हात पारेको छ ।

क्यानडा भ्रमणमा क्रममा नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसोसियट टोली मध्यको शीर्ष टोली बन्न नेपालले "अवे" खेलहरु पनी जीत्नु आवस्यक छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement