इंग्लिस प्रिमियर लिग : न्युकासलद्वारा उल्भ्स २-१ गोलले पराजित

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिग : न्युकासलद्वारा उल्भ्स २-१ गोलले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा अपराजित न्युकासल युनाइटेडले पुनरागमन जित हासिल गरेको छ ।

न्युकासलले उल्भ्सलाई उसकै घरेलु मैदानमा २-१ ले हराएको हो । मोलिनक्स स्टेडियममा एक गोलले पछाडि रहेको स्थितिमा न्युकासलले सानदार पुनरागमन गर्‍यो ।

३६ औं मिनेटमा मारियो लेमिनको गोलमार्फत आफ्नो घरेलु मैदानमा उल्भ्सल अग्रता लिएको थियो । फाबिन स्चरले ७५ औं मिनेटमा बराबरी गोल फर्काए ।

हार्भे बर्नसले खेलको ८०औं मिनेटमा उत्कृष्ट गोल गरेपछि न्यू कासल विजयी भयो । जारी प्रमियर लिगमा न्युकासल अपराजित छ । यो जितपछि न्युकासल ४ खेलमा ३ जित र १ बराबरीसहित १० अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । समान खेलमा १ अंक जोडेको उल्भ्स १८ औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement