जिरोनामाथि बार्सिलोनको ४-१ गोलको जित

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
जिरोनामाथि बार्सिलोनको ४-१ गोलको जित

काठमाडौं । स्पेनी ला लिगामा बार्सिलोनाले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ ।

बार्सिलोनाले जारी सिजनमा लगातार पााचौं जित निकाल्ने क्रममा जिरोनालाई ४-१ ले हराएको हो । बार्सिलोनाको सहज जितमा युवा स्टार खेलाडी लामिन यामालले पहिलो हाफमै दुई गोल गरे । नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा शानदार सुरुवात गरेको बार्सिलोनाले पाँच खेलमा १७ गोल गरेको छ ।

जिरोनाको घरमा बार्सा लाई प्रभावशाली जित दिलाउने क्रममा ३० औं मिनेटमा यमालले डेडल तोडे । त्यसको ७ मिनेटपछि यामालले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० ले अघि रह्यो ।

खेलको ४७ औं मिनेटमा डानी ओल्मोले बार्सिलोनाका लागि तेस्रो गोल गरे । ६४औं मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता ४-० मा पुर्‍याए । ८० औं मिनेटमा क्रिस्टियन स्टुआनीले घरेलु टोलीका लागि एक गोल फर्काए ।

८६ औं मिनेटमा फेरान टोरेसले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । जितसँगै बार्सिलोनाले जारी सिजनका ५ मध्ये ५ खेलबटै खेल जितेको छ । ऊ १५ अंकसहित शीर्ष स्थानमा छ । रियाल मडि्रड ११ अंकमा दोस्रो स्थानमा छ ।

पराजित जिरोना समान खेलमा ५ अंकसहित सातौं स्थानमा छ । ला लिगा मै गएराति सम्पन्न अन्य खेलमा एथलेटिको क्लबले लास पालमासलाई ३-२ र एथलेटिको मडि्रडले भ्यानेन्सीयालाई ३-० ले पराजित गर्‍यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement