नेपाल र क्यानडा बीचको खेल जारी, टस जितेको नेपाल बलिङ गर्दै

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र क्यानडा बीचको खेल जारी, टस जितेको नेपाल बलिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र क्यानडा बीचको खेल सुरु भएको छ । किङ्ग सिटीमा खेल नेपाली समय अनुसार राति पौने ९ बजेबाट सुरु भएको हो । नेपालले अहिले टस जितेर बलिङ गरिरहेको छ । क्यानडाले २ ओभरको समाप्तीमा ६ रन मात्र जोडेको छ । 

नेपाल सात महिना पछि ५० ओभरको खेलमा फर्किएको हो । गत जुनमा भएको आइसीसी टि ट्वान्टी विश्पकप पछि नेपालले पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपालको जारी लिग टु सर्कलमा यो पहिलो अवे सिरिज हो । गतफेब्रुअरीमा नेपाल बाट लिग टु सिरिजको सुरुवात भएको थियो ।

टियु क्रिकेट मैदानमा नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोरेको थियो । रोहित पाैडेलको टोलीले नेदरल्यान्डस सग भने एक खेलमा जीत निकालेको थियो । घरेलु मैदानमा खराव प्रदर्शन गर्दै ४ मध्ये ३ खेल गुमाएको नेपालले चार खेलमा आठ अङ्क जोड्ने लक्ष्य राखेको छ । लिग -२ को तालिकामा नेपाल २ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ । नेपालले यसै सिरिजका लागि भारतको बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेको थियो ।

त्यसपछि थप तयारीका लागि श्रीलंका पुगेको नेपालले श्रीलंका डेभलप्मेन्टसँग तीन अभ्यास खेल खेल्ने तालिका थियो । तर वर्षाका कारण सुरुवाती दुई खेल हुन नसक्दा तेस्रो खेलमा नेपाल पराजित भएको थियो । प्रशिक्षक मोन्टी देशाइले टिमको विदाइमा नेपालको तयारी राम्रो रहेको भन्दै राम्रो नतिजा हात पार्ने विश्वास व्यक्त गरेका थिए । नेपाल र क्यानडाले हालसम्म एकअर्काविरुद्ध ३ ओडीआई खेलेका छन् । जसमा नेपालले शतप्रतिशत नतिजा हात पारेको छ । खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स र कान्तिपुर टेलिभिजनका डिजिटल प्ल्याटर्फम बाट हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement