टेलर फ्रिट्ज यूएस ओपन ग्रान्ड स्ल्याम टेनिसको फाइनलमा

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
टेलर फ्रिट्ज यूएस ओपन ग्रान्ड स्ल्याम टेनिसको फाइनलमा

काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सिस टियाफोलाई पराजित गर्दै टेलर फ्रिट्ज यूएस ओपन ग्रान्ड स्ल्याम टेनिसको फाइनलमा प्रवेश गरेका छन् । आज बिहान खचाखच भरेको आर्थर एसे स्टेडियममा फ्रिट्जले घरेलु खेलाडी टियाफोलाई पाँच सेटमा पराजित गर्दै पहिलो पटक कुनै पनि ग्रान्ड स्ल्याम टेनिसको फाइनलमा प्रवेश गरेका हुन् ।

घरेलु समर्थक माझ टियाफोले २ सेट जिते पनि पाँचौं तथा अन्तिम सेटमा निराशाजनक प्रदर्शन गरे । फ्रिट्जले टियाफोविरुद्ध ४-६, ७-५, ४-६, ६-४ र ६-१ को नतिजा हात पारेका हुन् । टियाफोले उत्कृष्ट सुरुवात गरे पनि बिस्तारै फिटनेसमा कमी आउँदा घरेलु समर्थकलाई निराश पारे । ५० अनफोर्स्ड एरर र म्याचभर नौ डबल फल्ट उनका लागि निकै महंगो सावित हुन पुग्यो ।

१२ औं वरियताका फ्रिट्जले सर्भसमार्फत मास्टर स्कोर्ट दिए । खेलभर १६ एसेस अंक जोडेका उनले एस मार्फतनै खेल फिनिस गरे । ५० अनफोर्स्ड एरर र म्याचभर नौ डबल फल्ट उनका लागि महँगो सावित हुन पुग्यो ।

अब फ्रिट्जले पहिलो मेजर उपाधिका लागि भोलि इटालियन शीर्ष वरियताका यानिक सिन्नरको सामना गर्ने छन् । सिन्नरले बेलायतका ज्याक ड्रापरलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement