फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलको जित

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलको जित

काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ ।

ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

काउटो परेरा स्टेडियम रियल म्याड्रिडका फरवार्ड रोड्रिगोले आफ्नो घरेलु समर्थक माँझ गरेको एक मात्र गोलले ब्राजिललाई जित दिलाएको हो । रोड्रिगोले ३०औं मिनेटमा लुकास प्याकेटाको पासमा गोल गरेका हुन् ।

यससँगै पाँच पटकको विश्वकप विजेता ब्राजिल दक्षिण अमेरिकी छनोटमा सात मध्य तेस्रो जितपछि १० अंक जोडेको छ । ब्राजिल १० टोली सहभागी छनोट प्रतियोगिताको तालिकाको चौथो स्थानमा उक्लिएको छ । ब्राजिल शीर्ष स्थानको अर्जेन्टिनाभन्दा आठ अंकले पछि छ । इक्वेडर समान खेलमा ८ अंक सहित छैठौं स्थानमा छ ।

ब्राजिलले अब बुधबार पाराग्वेको सामना गर्ने छ भने इक्वेडरले सोही दिन पेरुसँग प्रतिस्पर्धा गर्ने छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement