काठमाडौं । नेपालका लागि ओलम्पिकमा ऐतिहासिक पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन कान्तिपुर टेलिभिजनको प्रमोटिङ पार्टनरमा अनुबन्धित भएकी छिन् ।
कान्तिपुर टेलिभिजन र पलेशा तथा नेपाल तेक्वान्दो संघबीच आज सम्झौता भएको हो । सम्झौतापत्रमा कान्तिपुर टेलिभिजनका सीईओ शिशिर पछाई र संघका अध्यक्ष प्रकाश समशेर राणाले हस्ताक्षर गरे । पलेशा, पेरिस पारालिम्पिक्समा कांस्य पदक जित्दै हिजो मात्र स्वेदश फर्किएकी हुन् । समर र पारा ओलम्पिक्समा नेपाललका लागि पदक जित्ने पलेशा पहिलो खेलाडी हुन् ।
टेलिभिजन र संघ बीच सन २०२४ को डिसेम्बरसम्मका लागि सहकार्य गर्ने सम्झौता भएको हो । जस अनुसार तेक्वान्दो संघको क्यालेन्डरमा समावेश भएका प्रतियोगितालाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।
सीईओ पछाइले नेपालका लागि अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने तेक्वान्दोलाई अझ बढी मानिस बीच पुर्याउने जिम्मेवारी महसुस गर्दै सहकार्य गर्ने निर्णय गरिएको उल्लेख गरे । नेपालमा आगामी नोभेम्बर आठदेखि १३ सम्म चौथो माउन्ट एभरेस्ट च्याम्पियनसिप आयोजना हुँदैछ ।
वरियताका लागि हुने प्रतिस्पर्धामा २५ देशका २ हजार खेलाडीको सहभागी हुनेछन् ।