पेरिस ओलम्पिक : छैटौँ दिनको समाप्तिमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै

श्रावण १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिक : छैटौँ दिनको समाप्तिमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत छैटौँ दिनको समाप्तिमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।

चीनले ११ स्वर्ण ७ रजत ६ कांस्य सहित कुल २४ पदक जितेको छ । पाँचौँ दिनको अन्त्यमा सातौँ स्थानमा रहेको अमेरिकाले छैटौँ दिन भने पदक तालिकामा ठुलो छलाङ मारेको छ । अमेरिका ९ स्वर्ण १५ रजत र १३ कांस्य सहित कुल ३७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ । अमेरिकाले छैटौँ दिन रोइङ, आर्टिस्टिक जिम्नास्टिक्स, फेन्सिङ र स्विमिङमा स्वर्ण पदक जित्न सफल भयो । 

आयोजक फ्रान्स तालिकामा १ स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ । उसले ८ स्वर्ण ११ रजत  र ८ कांस्य सहित कुल २७ पदक जितेको छ । छैटौँ दिन फ्रान्सले १ रजत मात्र जित्न सक्यो । अस्ट्रेलिया ८ स्वर्ण, ६ रजत  र ४ कांस्य  सहित कुल १८ पदक जितेर  चौथो स्थानमा यथावत् । जापान ८ स्वर्ण, ३ रजत र ५ कांस्य सहित १६ पदक जितेर पाँचौँ स्थानमा छ । ग्रेट ब्रिटेन, दक्षिण कोरिया र इटाली क्रमशः  छैटौँ, सातौँ र आठौँ स्थानमा छन् । 

सहभागी २ सय ६ देश मध्ये २९ देशले कम्तीमा १ स्वर्णपदक जितेका छन् भने ५० देशले पदकको खाता खोलेका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत सातौँ  दिन २६ स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.